arin enterprises

आईसीसी अन्डर १९ विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई

SamacharDesk | २०८० माघ २९, सोमबार

भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी अन्डर १९ विश्व कप क्रिकेटको उपाधि चुमेको छ ।

दक्षिण अफ्रिकाको बेनोनीमा हिजो भएको फाइनलमा २ सय ५४ रनको लक्ष्य पछ्याएको भारतले खराब प्रदर्शन गर्दै ४३ ओभर ५ बलमा अलआउट भएर जम्मा १ सय ७४ रन मात्र बनाएपछि अस्ट्रेलिया ७९ रनले विजयी भयो ।

भारतका लागि मुसिर खानले २२‚ आदर्श सिंहले ४७ रन र मुरुगन अभिषेकले ४२ रन तथा नमन तिवारीले १४ रन बनाए । अस्ट्रेलियाका लागि महली बेयर्डम्यान र र्याफ म्याकमिलनले ३÷३ विकेट‚ क्यालम विडलरले २ विकेट लिए ।

त्यसअघि  टस जितेर पहिले ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ५३ रन बनायो । अस्ट्रेलियाका लागि हरजस सिंहले सर्वाधिक ५५ रन बनाए ।

कप्तान ह्युग वेबगेनले ४८ रन बनाउँदा ओलिभर पिक ४६ रनमा अविजित रहे। ह्यारी डिक्सनले ४२ तथा चार्ली एन्डरसनले १३ रन बनाए ।

बलिङतर्फ भारतका राज लिम्बानीले सर्वाधिक ३ विकेट र नमन तिवारीले २ विकेट लिए ।

अष्ट्रेलियाका लागि यो चौथो पटकको जीत हो भने भारतले गत वर्ष समेत गरेर अहिलेसम्म ५ पटक अन्डर १९ को विश्वकप जितेको थियो ।

Categorized in स्पाेर्ट्स