arin enterprises

पिएसजीसँग रियल म्याड्रिड पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण ४, बुधबार

युइएफए च्याम्पियन्स लिगमा अन्तर्गगत प्रि–क्वाटरफाइनलको को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको छ ।

गयराति पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा पिएसजीले  म्याड्रिडलाइ १–० गोलले हराएको हो ।

पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले निर्णायक गोल गरे । उनले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा नेयमारले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

त्यसअघि खेलको ६२औं मिनेटमा मेसी पेनाल्टीमा चुकेका थिए । उनले प्रहार पेनाल्टीलाई म्याड्रिडको गोलकिपर कोर्टुवाले बचाएका थिए । ड्यानी कार्भाजलले पेनाल्टी बक्समा एम्बाप्पेलाई फाउल गरेपछि रेफ्रीले पिएसजीलाई पेनाल्टी दिएको थियो ।

पहिलो लेग जितेसँगै पिएसजीलाई क्वाटरफाइनल पुग्न केही सहज भएको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके पिएसजी क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।

दोस्रो लेग ९ मार्चको रात रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ ।

Categorized in स्पाेर्ट्स