युक्रेन पुनर्निर्माणका लागि ४ सय ११ अर्ब डलर खर्च लाग्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र ९, बिहिबार

युक्रेन पुनर्निर्माणका लागि ४ सय ११ अर्ब डलर खर्च लाग्ने अनुमान गरेको छ ।
रुसको आक्रमणबाट ध्वस्त भएको युक्रेनको लागि ४सय ११ अर्ब डलर लाग्ने विश्व बैंक, युक्रेन सरकार, युरोपियन युनियन र राष्ट्र संघको संयुक्त अध्ययनले देखाएको हो ।
युद्ध अझै जारी रहेकोले कति सम्म क्षति पुग्छ भन्ने टुंगो लागेको छैन् । युद्धबाट भत्किएका भग्नावशेषहरु हटाउन मात्रै ५ अर्ब डलर लाग्ने अनुमान गरेको छ ।
यस्तै युद्धबाट अहिलेसम्म ध्वस्त भएका संरचनाको पुनर्निर्माण गर्न कम्तिमा १० वर्ष समय लाग्ने जनाएको छ ।
गत सेप्टेम्बरसम्ममा करिब साढे ३ सय अर्ब डलर लाग्ने अनुमान गरिएको थियो भने ६ महिना पछिको यो अनुमानमा ६० अर्ब बढीले खर्च बढेको जनाइएको छ ।
युद्धबाट २० लाख घरमा क्षति पुगेको, ५ वटा मध्ये एउटा सार्वजनिक भवन ध्वस्त भएको, ६ सय ५० वटा एम्बुलेन्स क्षति ग्रस्त भएको छ ।
अहिलेसम्म ४ सय ६१ जना बालबालिकासहित ९ हजार ६ सय ५५ जना सर्वसाधारणको मुत्यु भएको तथ्यांक पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
युद्धका वावजुद युक्रेनले अस्पताल, विद्यालय र अन्य अत्यावश्यक सेवा भने सुचारु राखेको जनाइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय