रुसी सैन्य शिविरमा युक्रेनी हमला
SamacharDesk | २०८० भाद्र ५, मंगलबार

रुसको सैन्य आधार शिविरमा युक्रेनले हमला गरेको छ । युक्रेनले रुसी शिविरमा ड्रोन आक्रमण गरी एउटा शक्तिशाली बम वर्षक विमान ध्वस्त गरेको बताएको हो ।
रुसको नोभगोरोद क्षेत्रमा रहेको सोल्ट्सी–२ एयरबेसमा युक्रेनले ड्रोन आक्रमण गर्दा लामो दुरीको बम वर्षक विमान ध्वस्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
रुसले शुत्रबाट गरिएको ड्रोन हमलाले ‘टुपोलेभ टियु–२२’ विमानमा क्षति पुगेको जनाएको छ । यस्तै युक्रेनले भने यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।
ध्वस्त पारिएको उक्त विमानलाई हावाको गतिभन्दा छिटो उड्नसक्ने र लामो दुरीमा पनि निशाना लगाउन सक्ने बम वर्षक विमान मानिन्थ्यो ।
Categorized in अन्तर्राष्ट्रिय