संयुक्त राष्ट्रसंघमा आपतकालीन बैठक आह्वान
SamacharDesk | २०८० आश्विन २१, आइतबार

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठक आह्वान गरिएको छ । प्यालेस्टेनी लडाकू समुह हमासले इजरायलमाथि गरेको विषयमा छलफल गर्न आपतकालीन बैठक आह्वान गरिएको हो ।
संयुक्त राष्ट्रसंघका महासंघका महासचिव एन्टिनो गुटरेसले घटनाको निन्दा गर्दै दुइ देशबीच हुन सक्ने सम्भावित युद्धलाई ध्यानमा राखी युद्ध रोक्नका लागि विश्वका नेताहरुलाई ठोस कदम चाल्न अपिल गरेका छन् ।
यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई अमेरिका संधै इजरायलको साथमा रहेको प्रतिक्रिया दिएका छन् ।
नेतान्याहुसँग टेलिफोन सम्बाद गर्दै बाइडेनले अमेरिकाले इजरायललाई सक्दो सहयोग गर्ने बचन दिए ।
बेलायत र जर्मनील यो घटनाको निन्दा गर्दै समाधानको उपाय अवलम्बन गर्न आह्वान गरेको छ ।
बेलायतका विदेशमन्त्री जेम्स क्वेलरीले हमासको बिरोध गर्दै इजरायलको समर्थन गर्न बेलायत तयार रहेको बताका छन् ।
Categorized in अन्तर्राष्ट्रिय