सहज जितसँगै युनाईटेड इएफएल कपको चौथों चरणमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १०, बुधबार

म्यानचेस्टर युनाईटेड इएफएल कपको चौथों चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलान क्रिस्टल प्यालेसलाई ३–० ले हराउँदै म्यानयु चौथों चरणमा प्रवेश गरेको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलको २१ औं मिनेटमा एलेजान्द्रो गार्नाचोले युनाईटेडलाई अग्रता दिलाएका थिए ।
क्यासमिरोले २७ औं मिनेटमा युनाईटेडको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० ले अघि रहेको युनाईटेडका लागि मार्टियलले ५५ औं मिनेटमा तेस्रो गोल गरे ।
खेलको बाँकी समयमा अरु गोल नहुँदा म्यानयुले सहज जित निकालेका थिए ।
लगातार तीन खेलमा पराजय भए पश्चात युनाईटेडले जित आत्मसाथ गरेको हो ।
योसँगै टोलीको जितमा प्रशिक्षक टेन हाग सन्तुष्ट देखिए ।
Categorized in स्पाेर्ट्स