रुसले युक्रेनमाथि सैन्य विजय हासिल गर्न नसक्ने अमेरिकी दाबी
SamacharDesk | २०८० जेठ १२, शुक्रबार

अमेरिकी सेनाका संयुक्त अध्यक्ष जनरल प्रमुख मार्क मिलेले रुसले युक्रेनमाथि सैन्य विजय हासिल गर्न नसक्ने दाबी गरेका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेना प्रमुख मिलेले यो युद्धलाई रुसले सैन्य रुपमा जित्न नसक्ने बताएका हुन् ।
यस्तै युक्रेनले पनि आफ्नो सिमाबाट लाखौंको संख्यामा युक्रेनमा रहेका रुसी सैनिकलाई पनि पछि धकेली युक्रेनलाई गुमेको सिमाना पुनः प्राप्त गर्न पनि मुश्किल रहेको उनले बताए ।
लडाई लम्बिन्दै अझै धेरै रक्तपात भइ कठीनाइ बढ्ने र एउटा विन्दुमा पुगेपछि दुवै पक्ष युद्ध अन्त्य गर्नुपर्ने निष्कर्षमा पुग्न सक्ने अमेरिकी सेना प्रमुख मिलेको अनुमान छ ।
Categorized in अन्तर्राष्ट्रिय