अमेरिकी दुतावसको एसपीपीबारे स्पष्टोक्ति
SamacharDesk – राम डंगोल | २०७९ आषाढ १, बुधबार

अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम अन्तर्गत प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अनुभव र क्षमता साटासाट मात्रै गरिने तर्क गरेको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुने भनिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा बाहिरिएसँगै नेपाली राजनीतिक बृत्त तरंगित भएको छ ।
प्रस्तावित मस्यौदा बुँदाहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको अब हुने भनिएको अमेरिका भ्रमणलाई विवादित हुने अड्कल समेत गर्न थालिएको छ ।
नेपालमा यस विषयलाई लिएर राजनीतिक वृत्तमा विवाद उत्पन्न भएपछि ट्विटमार्फत दूतावासले नेपाल र अमेरिकाबीच कुनै सैन्य सम्झौना नभएको बताएको हो ।
दूतावासले भनेको छ – नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य हो ।
अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ ।’
दूतावासले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको आदानप्रदान कार्यक्रम भएको उल्लेख गर्दै अमेरिकी नेशनल गार्डले अमेरिकामा भूकम्प, बाढी र वनडढेलो जस्ता प्राकृतिक विपत् विरुद्ध जुध्नका लागि अग्रपंक्तिमा खटिने उद्धारकर्ताहरूलाई सहयोग गर्ने बताएको छ ।
२५ वर्षभन्दा लामो अवधिदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देश जोडिएको भन्दै दूतावासले ती मध्ये यस क्षेत्रमा दश वटा मात्रै देश रहेको बताएको छ ।
Categorized in राष्ट्रिय