रियल भालाडोलीडसँग बार्सिलोना पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १०, बुधबार

स्पेनिस ला लिगा फुटबलमा रियल भालाडोलीडसँग बार्सिलोना पराजित भएको छ ।
ला लिगाको उपाधि जितिसकेपछि बार्सिलोनाको यो लगातार दोस्रो हार हो ।
मंगलबार राति भएको खेलमा बार्सिलोनालाई भालाडोलीडले ३–१ गोल अन्तरले हराएको हो ।
भालाडोलीडको जितमा केली लारिन र गोन्जालो प्लाटाले एक एक गोल गरे । बार्सिलोनाका आन्द्रेस क्रिस्टेनसनले खेलको दोस्रो मिनेटमा एक आत्मघाती गोल गर्दा भालाडोलीडले अग्रता लिएको थियो ।
यस्तै बार्सिलोनाका रोबर्टो लेवान्डोस्कीले एक गोल फर्काए । शीर्ष स्थानको बार्सिलोनाले ३६ खेलमा ८५ अंक जोडेको छ ।
भालाडोलीड ३८ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स