arin enterprises

भान डाइक लिभरपुलको नयाँ कप्तान

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १७, बुधबार

इंग्लीस क्लब लिभरपुलले भर्जिल भान डाइकलाई क्लबको नयाँ कप्तान बनाएको छ ।

जोर्डन हेन्डरसनले क्लब छाडेपछि लिभरपुलले भान डाइकलाई नयाँ सिजनका लागि कप्तान छनोट गरेको हो ।

सन् २०१५ मा स्टेभन जेरार्डले क्लब छाडेपछि ८ वर्ष लिभरपुलको कप्तानी सम्हालेका हेन्डरसन साउदी प्रो लिग अल इतिफाकमा आबद्ध भएका छन् ।

भान डाइक सन् २०१८ मा लिभरपुलमा आएका थिए । उनले प्रिमियर लिग सहित च्याम्पियन्स लिग, एफ ए कप, कारबाओ कप, सुपर कप, क्लब विश्वकप र कम्युनिटी सिल्डको उपाधि क्लबका लागि जितेका छन् ।

यस्तै ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डलाई लिभरपुलको उप कप्तानको नयाँ जिम्मेवारी दिएको छ ।

जेम्स मिल्नर लिभरपुलसँगको सम्झौता सकिपछि ब्राइटनमा आबद्ध भएका हुँदा क्लबको उप–कप्तान पद समेत खालीे थियो । 

Categorized in स्पाेर्ट्स