arin enterprises

सवारी चालक उन्नत तालिम समापन

SamacharDesk – बिकाश | २०७७ माघ २, शुक्रबार

प्रहरी अधिकृतहरुका लागि सवारी चालक उन्नत (यान्त्रिक ज्ञान)१३ औं समूहको तालिम शुक्रबार समापन भएको छ ।

तालिम समापनका अवसरमा आयोजित एक कार्यक्रममा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तम लाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले सवारी साधनमा आएका समस्यालाई समाधान गर्न  तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा लागू गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा आयोजित तालीमममा प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार र प्रहरी जवान गरी २७ जना प्रशिक्षार्थीहरुको सहभागिता थियो ।

तालिम मंसिर २३ गतेबाट संचालन भएको थियो ।

Categorized in समाज