arin enterprises

भियतनामका राष्ट्रपतिले राजीनामा दिए

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ माघ ४, बुधबार

भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिएका छन् ।

फुकले व्यक्तिगत कारणले पदत्याग गरेका भियतनामी संचारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति पदबाट राजीनामा दिए सँगै उनी भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो (भिसिपी) र त्यसको १३ औँ केन्द्रीय समितिको सदस्यबाट समेत मुक्त भएका छन् । 

मंगलबार भएको केन्द्रीय समितिको बैठकमा उनले आफ्नो व्यक्तिगत कारणले पदत्यागको घोषणा गरेका जानकारी दिइएको थियो ।

यहि महिना नै दुई जना उपप्रधानमन्त्री फाम बिन मिन र भुडक डमलाई पनि भिसिपीको १३ औँ केन्द्रीय समितिको सदस्यबाट मुक्त गरिएको थियो ।

उनीहरू पदमुक्त भएसँगै दुई जना नयाँ नेताको नियुक्तिलाई समितिले अनुमोदन गरेको थियो ।

फुक दुई वर्षअघि भियतनामको राष्ट्रपतिमा निर्वाचित भएका थिए । 

Categorized in अन्तर्राष्ट्रिय