arin enterprises

ललितपुर महानगरद्वारा भेट एम्बुलेन्स हस्तान्तरण

SamacharDesk – राम डंगोल | २०७९ आषाढ ८, बुधबार

ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरहरुको उपचारकालागि एम्बुलेन्स सेवा सुरु गरेको छ ।  

उक्त कार्यका लागि आज ललितपुर महानगरपालिकाले जनावरको अधिकारको संस्था स्नेहाज केयर संस्थालाई भेट एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

सो अवसरमा महानगर प्रमुख चिरीबाबु महर्जनले एम्बुलेन्सको साँचो स्नेहाज केयरका प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।

ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउन जनावरहरुको व्यवस्थापन आवश्यक रहेको भन्दै मेयर चिरीबाबु महर्जनले स्नेहाज केयरसँग सहकार्य गरेको बताउनुभयो ।

उहाँले नगर क्षेत्रमा घाइते र वेवारिसे अवस्थामा रहेका चौपायाको उचित व्यवस्थापन र उपचारका लागि भेट एम्बुलेन्स प्रयोग हुने बताउनुभयो ।

सो अवसरमा जनावरको अधिकारप्रति संवेदशील भएकोमा महानगरलाई धन्यवाद दिनुहुँदै श्रेष्ठले बिरामी एवम् घाइते जनावरको उपचारमा आउने समस्याबारे आफ्नो अनुभव पनि राख्नुभयो ।

महानगरले कोरोनाका कारण लकडाउन भएका बेला सामुदायिक कुकुर, परेवा, बाँदरलगायतका जनावरलाई सडक, गल्ली चोकमा पुगेर खानेकुरा खुवाउने व्यवस्था गरेको थियो । महानगरका अनुसार उक्त एम्बुलेन्स ४० लाखमा खरिद गरिएको हो ।

Categorized in स्थानीय