arin enterprises

पूर्वप्रधानमन्त्री खान पक्राउ पर्दा पाकिस्तानमा हिंसात्मक प्रदर्शन

SamacharDesk | २०८० बैशाख २७, बुधबार

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि देशब्यापी हिंसात्मक बिरोध प्रदर्शन भड्किएको छ ।

पाकिस्तानका विभिन्न शहरमा प्रहरी र खान समर्थकबीच झडप समेत भएको छ ।

क्वेटा शहरको झडपमा प्रहरीको गोली लागि एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । हिंसात्मक प्रदर्शन भड्किएपछि पाकिस्तान सरकारले मोबाइल र इन्टरनेट सेवा बन्द गरेको छ ।

हाल प्रदर्शन नियन्त्रणका लागि भारी मात्रमा सुरक्षाबल परिचालन गरिएको छ ।  पाकिस्तानभर बुधबार एक दिनका लागि विद्यालयहरु बन्द गरिएको छ ।

मंगलबार तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खान आफूमाथि लागेको भ्रष्टाचारको मुद्दामा इस्लामावाद उच्च अदालतमा हाजिर हुने क्रममा उनलाई अधै सैनिक बल रेञ्जर्स फोर्सले अदालत भित्रैबाट पक्राउ गरेको थियो । खानलाई पक्राउ गर्न अधै सैनिक बलले अदालतको ढोका समेत फुटाएको थियो ।

उनलाई बुधबार अदालमा पेश गर्ने सम्भावना छ । त्यस क्रममा विरोध प्रदर्शनखे झनै उग्ररुप लिन सक्ने अनुमान गरिएको छ ।

मंगलबार रातिदेखि प्रदर्शनकारीहरु रावलपिण्डीस्थित पाकिस्तानी सेनाको मूख्यालय घेरा हालेर बसेका छन् । लाहोरमा प्रदर्शनकारीको भीड एक जना सैन्य कमाण्डरको घरभित्र प्रवेश गरी तोडफोड गरेको छ ।

सेना प्रमुख असिन मुनिरले आपत्कालिन बैठक बोलाएका छन् ।

यसैबीच, खानको गिरफ्तारीको संयुक्त राष्ट्रसंघ, अमेरिका र बेलायतले बिरोध गर्दै पाकिस्तान सरकारलाई कानुनको पालना गर्न सुझाव दिएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय