arin enterprises

आठ पालिकाको नतिजा अनुसार एमालेको अग्रता

SamacharDesk | २०७९ बैशाख ३१, शनिबार

हिजो सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना अनुसार मतपरिणाम आउने क्रम जारी छ । 

हालसम्म ८ स्थानीय तहको प्रमुखको टुंगो लागेको छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ४ स्थानीय तहको प्रमुख जितेको छ । नेपाली कांग्रेसले २ स्थानीय तहमा प्रमुख जितेको छ । त्यस्तै नेकपा एसले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ ।

जसअनुसार मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा ९एमाले० का उम्मेदवार कान्छा घले विजयी हुनु भएको छ । 

कूल ९ वटा वडाको नतिजा अनुसार अध्यक्षमा एमाले उम्मेदवार घलेले ८६१ मत ल्याएर विजयी हुनु भएको हो । अध्यक्षमा कांग्रेसका छिरिङ ओङमा गुरुङ ९घले० ले  ७१३ मत ल्याउनु भएको थियो । 

उपाध्यक्षमा एमाले समर्थतमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७४४ मत ल्याएर विजयी हुनु भएको छ । भने कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७१९ मत ल्याउनुभएको छ । राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले एक मत ल्याउनु भएको छ । 

त्यस्तै मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित हुनुभएको छ । उहाँले ४७ मतले प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई हराउदै १५८ मत ल्याएर बिजयी हुनुभएको हो । प्रतिद्वन्दी स्वतन्त्रका कृष्णबहादुर लामाले १११ मत ल्याउनुभएको छ । 

अध्यक्षमै उम्मेदवारी दिनुभएका स्वतन्त्रका मिङमार सोनाम लामाले भने उम्मेदवारी फिर्ता लिनुभएको थियो । कोन्जो तेन्जिङ लामा यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध हुनुभएको थियो ।

यसअघि गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भइसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेङमरको एकल उम्मेदवारी परेको थियो । नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेकोमा ३०४ मत अर्थात ६७ दशमलब ८५ प्रतिशत मत खसेको थियो ।

 

Categorized in राष्ट्रिय