टर्कीलाई हराउँदै वेल्सको पहिलो जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ३, बिहिबार

युरोकपमा वेल्सले टर्कीलाई हराउँदै पहिलो जित हात पारेको छ ।
बुधबार राति भएको खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गर्दै वेल्सले पहिलो जित हात पारेको हो ।
बाकु ओलम्पिक स्टेडियम भएको खेलको खेलको ४३ औं मिनेटमा आरोन राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । उनले वेल्सको कप्तान ग्यारेथ बेलको पासमा गोल गरेका थिए ।
त्यसपछि खेलको इन्जुरी समयको पाँचौ मिनेटमा कोनर रोबर्ट्सले पनि ग्यारेथ बेल कै पासमा अर्को गोल गर्दै वेल्सलाई २–० को जित दिलाए ।
त्यसअघि ६१ औं मिनेटमा जेकी सिलिकले पेनाल्टी क्षेत्रमा बेललाई लडाएपछि वेल्सले पेनाल्टीको मौका पाएको थियो । तर, कप्तान बेलले पेनाल्टीमा गोल गर्न सकेनन् । बेलको पेनाल्टी गोल पोस्ट भन्दा माथिबाट बाहिरिएको थियो ।
यो जितसँगै वेल्स २ खेलमा ४ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा रहन्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
यस्तै दुई हार व्यहोरेपछि पुछारमा रहेको टर्कीको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।
Categorized in स्पाेर्ट्स