arin enterprises

लिबियामा स्वास्थ्य संकट आउन सक्ने चेतावनी

SamacharDesk – Aakash Rajopadhyaya | २०८० आश्विन १, सोमबार

बाढीग्रस्त लिबियामा स्वास्थ्य संकटको आउन सक्ने चेतावनी जारी गरिएको छ । बाढीबाट मृत्यु भएकाकाहरुको शव अझै पुर्ण रुपमा संकलन गर्न मुश्किल भएका कारण स्वास्थ्य महामारीको संकट आउन सक्ने चेतावनी जारी गरिएको हो ।

लिबियाको डेर्नामा आएको बाढीमा परि अहिलेसम्म ११ हजार ३ सय बढीको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । बाढीबाट बढी प्रभावित भएको क्षेत्रका हिलोमा शवहरु अझै रहेको र ती क्षेत्र खाली नगरे स्वास्थ्य समस्या देखिन सक्ने बताईएको हो ।

ड्यानियल नामक आँधी पछी भारी बर्षाका कारण बाँध फुटेर शहरमा पसेपछी बिनास मच्चिएको थियो । यस बाढीका कारण ४० हजार मानिस बिस्थापित भइसकेका छन् ।

संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदन अनुसार उक्त शहरमा अझै १० हजार मानिस बेपत्ता छन् ।

बाढीग्रस्त स्थान भ्रमण गरेका लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि अब्दुल्लाह बाथिलीले आर्थिक सहयोगको घोषणा गरेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय