के होला एम्बाप्पेको निर्णय ?
SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष २५, बुधबार

फ्रान्सेली फुटबल स्टार केलियन एम्बाप्पेको पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौता यहि जुनमा सकिदैछ । त्यसपछि उनी कहाँ जान्छ कुन क्लबवाट खेल्छ भन्ने फुटबल प्रेमीहरुको खुल्दुलीको विषय बनिरहेको छ ।
एमबाप्पेले फ्रान्स छाडेको खण्डमा लिभरपुल र रियल म्याड्रिडलाई नयाँ गन्तब्यको रुपमा हेरिएको छ ।
स्पेनिस् क्लब रियल म्याड्रिडले एमबाप्पेलाई अनुबन्धनका लागि लामो समयदेखि प्रयास गरिरहेको छ । रियल एमबाप्पेको निर्णयको प्रतिक्षामा छ ।
केही मिडिया रिपोर्टस्का अनुसार एमबाप्पेले रियलसँग सम्झौता गरिसकेको बाहिर आएको थियो । तर क्लब, खेलाडी र एम्बाप्पेले यस विषयमा भने कुनै औपचारिक जानकारी गराएका छैनन् ।
यता पीएसजी भने एम्बाप्पेलाई क्लबमै राख्न धेरैनै इच्छुक छ । पीएसजीका अध्यक्ष नासिर अल खालिफाले एमबाप्पे क्लबमै बसेको हेर्न चाहेको बताएका छन् ।
‘म केही कुरा लुकाउन चाहदैन । म एम्बाप्पेलाई क्लबमै बसेको हेर्न चाहन्छु । उनी संसारको उत्कृष्ट खेलाडी हुन् । उनका लागि पीएसजी उत्कृष्ट क्लब हो’ खालिफाले भनेका छन् ।
एम्बाप्पे पीएसजीकै परियोजनाको केन्द्रमा रहेको खालिफाले बताएका छन् ।
आगामी केही हप्तामा एमबाप्पेले आफ्नो भविष्यको बारेमा निर्णय लिने आँकलन गरिएको छ ।
Categorized in स्पाेर्ट्स