arin enterprises

अब वेबमा मोबाइल नम्बरबाटै ह्वाट्सएप लगइन गर्न सक्ने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २७, बुधबार

अब वेबमा मोबाइल नम्बरबाटै ह्वाट्सएप लगइन गर्न सक्ने भएको छ । कम्पनीले हालै एक ब्लग सार्वजनिक गर्दै ह्वाट्सएपको नयाँ भर्सनमा यो फिचर उपलब्ध भएको जानकारी दिएको हो ।

ह्वाट्सएपको एन्ड्रोइड बेटा भर्सन (२.२३.१४.१८) मा यस्तो फिचर रहेको उक्त ब्लगमा उल्लेख गरिएको छ ।

यसअघि वेबमा ह्वाट्सएप लगइन गर्दा क्यूआर कोड स्क्यान गर्नुपथ्र्यो । जसमा लगइन गर्नका लागि अर्को मोबाइल डिभाइसमा ह्वाट्सएप लगइन भएको हुनुपर्छ । सो डिभाइसबाट क्युआर स्क्यान गर्दा मात्र कम्प्युटरमा ह्वाट्सएप लिंक गर्न सकिन्थ्यो ।

यही अप्सनको विकल्पमा कम्पनीले सोझै नम्बरबाट वेबमा ह्वाट्सएप लगइन गर्न सकिने सुविधा ल्याएको हो ।

हाल यो नयाँ सुविधा बेटा टेस्टर ग्रुपहरुमा मात्र उपलब्ध छ । यदि कसैले यो फिचर प्रयोग गर्न चाहेमा आफ्नो डिभाइसमा ह्वाट्सएपको पछिल्लो अपडेट इन्स्टल गर्नुपर्ने हुन्छ ।

यसै अन्तर्गत वेबमा क्यूआर कोडको अप्सन तल सोझै मोबाइल नम्बरबाट लगइनको अप्सन राखिएको कम्पनीले ब्लगमा उल्लेख गरेको छ ।

क्युआर स्क्यान नगरी कसरी वेबमा लगइन गर्ने फोनमा ह्वाट्सएपमा खोली माथि दायाँपट्टि रहेको तीन ओटा थोप्लोमा ट्याप गर्नु पर्नेहुन्छ । त्यसपछि लिंक्ड डिभाइसको अप्सनमा गई लिंक अ डिभाइस ( link a device) को बटनमा थिच्नुपर्छ ।

अन्तिममा रहेको लिंक विथ फोन नम्बर इन्स्टिड (link with phonenumber instead ) को अप्सनमा ट्याप गर्दा त्यहाँ आठ डिजिटल र नम्बरको कोड राख्न भनिएको हुन्छ ।

यसपछि कम्प्युटरमा आइ ह्वाट्सएप एप वा https://web.whatsapp.com सर्च गर्ने।

त्यसपछि क्युआरकोडको तल रहेको लिंक विथ फोन नम्बरको अप्सनमा गईसकेपछि आठ डिजिटको नम्बर र अक्षर देखिन्छ ।

उक्त नम्बर र अक्षर मोबाइल डिभाइसमा टाइप गरि वेबमा क्युआर कोड स्क्यान नगरी ह्वाट्सएप लगइन गर्न सकिन्छ ।

Categorized in विज्ञान-प्रविधी