लमपा वडा नं १९ भित्र कहाँ कहाँ सवारी साधन निषेध ?
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० पौष १२, बिहिबार

ललितपुर महानगरपालिका (लमपा) १९ वडा सद्भाव मेलाका क्रममा वडा नं १९ भित्र सवारी साधन निषेध गरिएको छ ।
लमपा १९ वडा कार्यालयले भोलि (पुस १३ गते शुक्रबार) देखि हुन लागेको हुने तीन दिने मेलाको काराण वडा भित्र सवारी साधन प्रवेश निषेध गरिएको हो ।
१९ वडा कार्यालयले सूचना जारी गर्दै इति, थटी, पूर्णचण्डी, इखालखु, प्रयागपोखरी, हौगल, चक्रबहिल र अग्निशालामा सवारी साधन प्रवेश निषेध गरिएको जानकारी दिएको छ ।
“मेला हेर्न धेरैजना मानिसहरु आउने र भीडभाड भइरहने अवस्थामा सवारी साधनले मेलाको अवलोकनकर्तालाई पनि असजिलो होला र सवारी व्यवस्थाप गर्न पनि गाह्रो होला । त्यसैले सवारी साधन निषेध गरेका हौं” १९ वडाका अध्यक्ष राजेन्द्र मर्हजनले समाचारडेस्कलाई जानकारी दिए ।
बिहान ११ बजेसम्म भने सवारी आवागमनमा कुनै रोकटोक नभएको महर्जनले बताए ।
विहान ११ बजेपछि बेलुका ८ बजेसम्म भने सर्वसाधरणले वैकल्पिक मार्ग प्रयोग गर्न सबैमा आग्रह गर्दै अध्यक्ष महर्जनले यसबाट सर्वसाधारणमा पर्न जाने असुविधाका लागि क्षमा याचना पनि गरेका छन् ।
पार्किङको लागि कान्तिपुर भ्याली कलेज र क्यास्पेन भ्याली कलेजमा व्यवस्था गरिएको महर्जनले बताए ।
