यूरो २०२० को अन्तिम आठमा कुन–कुन टिमबीच हुँदैछ भिडन्त?
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १६, बुधबार

युरो २०२० को क्वार्टरफाइनल पुग्ने टिमको टुंगो लागेको छ ।
बुधबार विहान प्रि–क्वार्टरफाइनलको अन्तिम खेल सकिँएसँगै क्वार्टरफाइनल पुग्ने आठ टिमको टुंगो लागेको हो ।
बेल्जिमय, चेक, डेनमार्क, इंग्ल्यान्ड, इटाली, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेका छन्।
क्वार्टरफाइनलका खेल अब आगामी शुक्रबारदेखि सुरु हुनेछन्।
क्वार्टरफाइनलका खेलहरु
स्विट्जरल्यान्ड भर्सेस स्पेन – शुक्रबार राति ९ः४५ बजे
बेल्जियम भर्सेस इटाली – शुक्रबार राति १२ः४५ बजे
चेक गणतन्त्र भर्सेस डेनमार्क – शनिबार राति ९ः४५ बजे
युक्रेन भर्सेस इंग्ल्यान्ड – शनिबार राति १२ः४५ बजे
Categorized in स्पाेर्ट्स
