आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमति पक्राउ
SamacharDesk – समाचारडेस्क क्राइम ब्यूराे | २०८१ बैशाख २७, बिहिबार

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा दाङबाट एक जना महिला पक्राउ परेको छ ।
घोराही उपमहानगरपालिका–१८ बस्ने ४२ वर्षीया होटी वलिलाई प्रहरीले आज बिहिवार पक्राउ गरेको हो ।
होटीले आफ्नै श्रीमान ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको अभियोग लागेको छ ।
प्रहरीका अनुसार ओबिराम बुधवार राति घर नजिकै घाइते अवस्थामा फेला परेका थिए । ओबिरामलाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएकोमा सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको टोलिले होटीलाई पक्राउ गरेको हो ।
सोधपुछको क्रममा उनीहरू बिच झैझगडा हुँदा होटीले कुटपिट गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
Categorized in अपराध