विम्बल्डन पुरुषतर्फको उपाधि अलकाराजलाई
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १, सोमबार

कार्लोस अलकराजले विम्बल्डन पुरुषतर्फको उपाधि जितेका छन् । आइतबार भएको खेलमा नोभाक जोकोभिचलाई हराउँदै अलकाराजले उपाधि जितेका हुन् ।
स्पेनिस खेलाडि अलकाराजले १–६, ७–६ (८–६), ६–१, ३–६, ६–४ को सेटमा जित निकाले ।
स्पेनका २० वर्षका अलकाराजले जोकोभिच लगातार पाँचौ जितका लागि अघि बढेका थिए ।
पुरुषतर्फको आठौं र मुख्य २४ औं उपाधिका जितेर कीर्तमान बराबरी गर्ने लक्ष्यमा थिए । तर ३६ वर्षीय सर्वियनलाई शीर्ष वरियताका अलकाराजले स्तब्ध बनाए । जसले मुख्य दोस्रो उपाधि हात पारे ।
योसँगै पछिल्लो समय टेनिसमा जोकोभिचको प्रभुत्वमाथि शानदार जित सहित अलकाराजले विम्बल्डनको पुरुष एकलमा पहिलो उपाधि जितेका हुन् ।
Categorized in स्पाेर्ट्स