सवारी दुर्घटनामा परी महिलाको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ बैशाख १४, बुधबार

सर्लाहीमा सडक दुर्घटनामा परि ६० वर्षीया महिलाको मृत्यु भएको छ । दुर्घटनामा सप्तरी राजबिराज नगरपालिका–१ बस्ने ६० वर्षीया प्रमिला देवी यादवको मृत्यु भएको हो ।
सर्लाही जिल्ला बागमती नगरपालिका–१ स्थित सडकमा प्र.१–०२–००१ ख ८३२५ नम्बरको ट्याङ्करले प्र.२–०१–००३ प ५७६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि निजगढस्थित सरकारी अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in समाज