arin enterprises

आगोले जलेर एक महिलाको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ १९, शुक्रबार

तुलसीपुरमा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ ।

बिहिबार राति तुलसीपुर उपमहानगरपालिका–८ कट्कुइयाँ बस्ने ४४ वर्षीया लक्ष्मी चौधरीको आगोले जलेर मृत्यु भएको हो ।

आफ्नै घरमा खाना पकाउने क्रममा कपडामा आगो सल्किन गई जलेर उनको मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in समाज