महिला विश्वकपको क्वाटरफाइनल समिकरण पूरा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २३, मंगलबार

न्युजिल्याण्ड र अष्ट्रेलियाको संयुक्त आयोजना जारि फिफा महिला विश्वकपको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।
मंगलबार फ्रान्सले मोरक्कोलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेकोसँगै अन्तिम आठ टोलीको टुंगो लागेको हो ।
अष्ट्रेलियाको हिन्दमार्श स्टेडियममा भएको अन्तिम प्रि–क्वाटरफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई ४–० ले हराएको थियो ।
फ्रान्सकालाई जिताउन युजेनी ले सोमेरले दुई तथा काडियाटोउ डिएनी र केन्जा डालीले समान १/१ गोल गरिन् ।
१५औं मिनेटमा काडियाटोउ डिएनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाइन् ।
केन्जा डाली २०औं मिनेटमा फान्स दोब्बर बनाइन् । खेलको २३औं मिनेटमा युजेनी ले सोमेरले गोल गर्दै पहिलो हाफमै फ्रान्सले ३–० गोलको अग्रता लिए ।
दोस्रोहाफको ७०औं मिनेटमा युजेनी ले सोमेरले व्यक्तिगत दोस्रो र टोलीको लागि चौथौं गोल गर्दै फ्रान्सलाई जित दिलाए ।
महिला विश्वकपको क्वाटरफाइनल खेल यहि ११ अगस्ट देखि सुरु हुँदैछ । क्वाटरफाइनल खेलहरु दुईवटा न्युजिल्याण्डमा र दुईवटा अष्ट्रेलियामा हुनेछ ।
क्वाटरफाइनल खेलहरु :-
११ अगस्ट २०२३ – स्पेन विरुद्ध नेदरल्याण्डस् र जापान विरुद्ध स्वीडेन
१२ अगस्ट २०२३ – अष्ट्रेलिया विरुद्ध फ्रान्स र इंग्ल्यान्ड विरुद्ध कोलम्बीया
Categorized in स्पाेर्ट्स