इग्ल्याण्ड टी–ट्वेन्टी विश्वकपको फाइनलमा
SamacharDesk | २०७९ कार्तिक २५, शुक्रबार

विहीबार भएको आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा भारतमाथि १० विकेटको सानदार जित निकाल्दै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ ।
अष्ट्रेलियाको एड्लेडमा विहीबार भएको खेलमा भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले १६ ओभरमा बिना विकेटको नोक्सानीमा पूरा ग¥यो ।
इंग्ल्यान्डको जितमा सुरुवाती ब्याट्सम्यानहरु जोस बट्लर र एलेक्स हेल्सले कीर्तिमानी साझेदारी गरे । हेल्सले ८६ रन बनाउँदा बट्लरले ८० रनको योगदान दिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो । भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रन तथा विराट कोहलीले ५० रन जोडेका थिए ।
इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । जितसँगे फाइनलमा पुगेको इंग्ल्यान्डले उपाधिका लागि आइतवार हुने फाइनल खेलमा पाकिस्तानको सामना गर्नेछ । पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो ।
Categorized in स्पाेर्ट्स