arin enterprises

विश्व मुख स्वास्थ दिवस मनाईँदै

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ६, आइतबार

आज विश्व मुख स्वास्थ दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाईँदैछ ।

मुख सम्वन्धि स्वास्थ्यका फाइदाहरू उजागर गर्न, यस सम्वन्धि रोगहरू बारे चेतना फैलाउन र मुखको स्वच्छताको हेरविचारलाई बढावा दिन यो दिवस मनाउने गरिन्छ ।

यो दिवस विश्व दन्त महासंघको आह्वानमा सन् २०१३ मार्च २० देखि हरेक बर्ष मनाईँदै आएको छ ।

मुख सम्वन्धि रोग अन्य गम्भीर स्वास्थ्य समस्याहरूसँग पनि जोडिएको हुन्छ ।

त्यसैले पनि विभिन्न देशहरूको लागि यो एक प्रमुख चिन्ताको विषय हो । मुख सम्वन्धि रोगले मानिसलाई जीवनभर नकारात्मक प्रभाव पार्नुका साथै सामाजिक अलगाव, र आत्मविश्वासमा समेत हानि पुर्‍याउन सक्छ ।

प्रारम्भिक चरणमै उपचार शुरु हुन सकेमा मुख सम्वन्धि स्वास्थ्य समस्याहरू धेरै हदसम्म रोकथाम गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

Categorized in समाज