विश्व रेविज दिवस मनाईँदै
SamacharDesk – बिराज | २०७८ आश्विन १२, मंगलबार

आज सेप्टेम्बरको २८ तारीख । विश्वभरी विभिन्न कार्यक्रम गरी विभिन्न ढङ्गले विश्व रेविज दिवस मनाईँदैछ । आज नेपालमा पनि ‘रेविज : तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।
रेविजबारेमा विभिन्न जानकारी, यसको रोकथाम, यसबाट बच्ने उपाय आदिवबारे जानकारी आदानप्रदान गर्न अन्तरक्रिया, सभा, गोष्ठी कार्यक्रमहरु दिवसको अवसरमा आयोजना गर्ने गरिन्छ ।
रेविज भन्नाले न्यूरोट्रोपिक नामक एक भाईरस हो । यो भाईरस जनावरको शरीरमा प्रवेश गर्छ र जनावरबाट मान्छेलाई सर्दछ । बहुला कुकुरको साथमा विरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट रेविज मानिसमा सर्ने गर्दछ ।
उत्तर पूर्वि अफ्रिकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामा आजभन्दा करिव ४ हजार ३ सय वर्ष अगाडि नै रेविज रोगका बारेमा उल्लेख गरेको पाइन्छ ।
दार्शनिक एरिस्टोटलले पनि आजभन्दा २ हजार ३ सय वर्षअगाडि रेविज लागेको कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा रेविज लाग्ने कुरा लेखेका छन् ।
बहुला कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्वभ भएसम्म सावुन पानीले नभए सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा एन्टिसेप्टिक झोल लगाउनु राम्रो हुने चिकित्सकहरुले सुझाएका छन् ।
रेविजको यस किसिमले प्राथमिक उपचार गरेपछि तुरन्त खोप लिइहालेमा रेविजबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।
रेविजविरुद्धको खोप १८८२ मा फ्रान्सेली माइक्रो बायोालोजिस्ट लुइस पास्चरले पत्ता लगाएका थिए । उनको मृत्यु १८९५ सेप्टेम्बर २८ का दिन भएको थियो । उनै लुइस पास्चरको सम्झनामा सेप्टेम्बर २८ को दिनमा विश्व रेबिज दिवस मनाउने गरिएको हो ।
Categorized in समाज