आज विश्व विज्ञान दिवस
SamacharDesk | २०७९ कार्तिक २४, बिहिबार

आज विश्व विज्ञान दिवस । वर्षेनि १० नोभेम्बरमा विश्वभर शान्ति र विकासका लािग विश्व विज्ञान दिवस मनाइने गरिन्छ ।
हाम्रो समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र पछिल्लो समय निस्किएका विभिन्न वैज्ञानिक मुद्दाहरुको बहसमा व्यापक संलग्नता होस् र हाम्रो जीवनलाई विज्ञानले थप सहज बनाओस् र यसको प्रभावबारे बुझ्न सहज होस् भन्ने हेतुले संयुक्त राष्ट्र संघले यो दिवस मनाउन सुरु गरेको हो ।यो दिवस मनाउन सुरु गरिएको चाहिँ सन् २००१ देखि हो ।
यसका साथसाथै विभिन्न देशहरुबीच वैज्ञानिक विकास र सोचमा एकरुपता होस् र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एकता बढावा होस् भन्ने चाहना पनि यो दिवस मनाउनुको एक कारण हो ।
सामाजिक लाभका लागि विज्ञानको प्रयोग, विज्ञानको उपयोगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु नवीकरण होस्, विज्ञानले सामना गरिरहेका चुनौतिहरुमा ध्यान जाओस् र वैज्ञानिक प्रयासका लागि समर्थन जुटाउनु शान्ति र विकासका लागि विश्व विज्ञान दिवसका उद्देश्य हुन् ।
यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको आयोजनामा विहीबार विहान मार्च फर साइन्स ¥याली निकालियो ।
¥यालीपछि आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर विज्ञान, प्रविधिको विकास गर्न आवश्यक रहेको बताउनु भयो । जलवायु परिवर्तनका कारण धेरै समस्याहरु सिर्जना भइरहेकाले यसबाट बच्न तत्काल पहल गर्नुपर्नेमा उहाँको जोड थियो ।
त्यस्तै नास्टका पूर्व उपकुलपति प्रा. डा. जीवराज पोखरेलले विज्ञानमा लगानी गरे मात्रै देशले फड्को मार्नसक्ने भन्दै अधिकांश राजनीतिक दलहरुले चुनावी घोषणापत्रमा विज्ञानमा लगानी गर्ने प्रतिवद्धता जनाएको बताउनुभयो ।
Categorized in राष्ट्रिय