आज विश्व सामाजिक कार्य दिवस
SamacharDesk | २०८० चैत्र ६, मंगलबार

आज विश्व सामाजिक कार्य दिवस । हरेक वर्ष नेपाल लगायत विश्वका विभिन्न देशहरुमा विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने गरिन्छ।
सामाजिक सेवा र सामाजिक कार्यलाई एउटै मान्ने गरिए पनि यी दुवै फरक-फरक भएको समाज सेवकहरु बताउँछन् । सामाजिक कार्यकर्ता हुनुको लागि पेशागत रुपमा व्यावसायिक हुनुका साथै सामाजिक कार्य विषयमा कम्तिमा स्नातकदेखि विद्यावारिधीसम्मको अध्ययन गरेको तथा तालिम प्राप्त र क्षमतावान हुनुपर्ने विश्वव्यापी मान्यता रहेको जानकारहरु बताउछन्।
यो दिनले सामाजिक समाज सेवकहरुको कडा परिश्रम र लगनशीलतालाई मान्यता दिन्छ। यस दिन सामाजिक कार्यमा उत्कृष्ट अभ्यासहरू प्रवर्द्धन गर्दै सामाजिक न्याय, मानव अधिकार र सामाजिक विकासको वकालत गर्दै सामाजिक कार्यकर्ताहरूको विश्वव्यापी सङ्गठन इन्टरनेशनल फेडरेशन अफ सोसियल वर्कले समाजसेवाको पैरवी गर्दछन्।
सामाजिक कार्यकर्ताहरूले हाम्रो समुदायमा धेरै भूमिकाहरू खेलेका हुन्छन्, आज ती सबै कुरालाई पूनरावोलोकन गरिन्छ । यो दिन सामाजिक कार्यकर्ताहरू र सामाजिक सेवा क्षेत्रमा रहेका अन्य व्यक्तिहरूका लागि आफ्ना उपलब्धिहरू मनाउने अवसर हो साथै सामाजिक कार्यकर्ताहरूले कमजोर परिवार र समुदायको जीवनमा खेल्ने महत्त्वपूर्ण भूमिकाको लागि चेतना र समर्थन जगाउने अवसर पनि हो।
यो दिवसले पेसा र सामाजिक सेवा क्षेत्रलाई थप योजना, विकास र सहयोगको आवश्यकतातर्फ ध्यानाकर्षण गराउँछ। नेपालमा सामाजिक कार्य ९सोसियल वर्क० अध्ययन तथा अध्यापन सुरु भएको झन्डै दशक पुरा भइसकेको छ।
हरेक वर्ष झन्डै सात हजारको हाराहारीमा विद्यार्थीले स्नातक अध्ययन पुरा गर्छन। तर यो जनशक्तिको राज्यले उचित व्यावस्थापन गर्न नसकेको र आवश्यक योजना तथा नीति तर्जुमा गर्न नसकेको सरोकारवालाहरुले आरोप लगाउँदै आएका छन्।
अध्यापन हुने पाठ्यक्रम नै नेपाली माटो सुहाउँदो नभएकोले पनि विद्यार्थीहरु यस विषयले निश्चित गरेको उदेश्य बमोजिम योग्य र प्रतिस्पर्धी बनाउन नसकिएको जानकारहरु बताउँछन् ।
नेपालको सन्दर्भमा गैरसरकारी संस्था अधिकारमुखी हुनुभन्दा पनि आवश्यकतामा आधारित हुनुपर्ने जिकिर गर्दै राज्यले उनीहरुको क्रियाकलाप र कार्य सम्पादनको तदारुकताका साथ मुल्याङ्कन र सर्वेक्षण गर्नु पर्ने देखिन्छ ।
Categorized in राष्ट्रिय