arin enterprises

आज विश्व धुमपानरहित दिवस

SamacharDesk | २०८० जेठ १७, बुधबार

“खाद्यान्न बढाऊ, सूर्ति घटाऊ” भन्ने मूल नारासहित नेपालमा यो दिवस मनाइरहेको छ ।

हरेक अंग्रेस महिनाको ३१ मे नेपाल लगायत विश्वभर विश्व धुमपानरहित दिवस मनाउने गरिन्छ ।

यो वर्ष सन् १९८७ मा विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको घातक असरबारे सचेतना जगाउने उद्देश्यसहित विश्व धुम्रपानरहित दिवस मनाउन प्रस्ताव गरेको थियो ।

सन् १९८८ अप्रिल ७ मा विश्व स्वास्थ्य संगठनको सभाले उक्त प्रस्ताव पारित गरेपछि मे ३१ लाई विश्व धुम्रपानरहित दिवसको रुपमा मनाउन थालिएको हो ।

विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यसैगरी करिब ७० लाख मानिसले प्रत्यक्ष सेवन गर्ने गर्दछन् भने लगभग १२ लाख मानिसलाई अप्रत्यक्ष अर्थात वातावरणीय असर हुने गरेको छ ।

नेपाल धुम्रपान गर्ने राष्ट्रहरुमध्ये २२ औं स्थानमा पर्दछ । सन् २००० सम्म नेपालमा ६४ प्रतिशतले धुमपान गर्ने गरेकोमा अहिले उक्त संख्या घटेर लगभग ३० प्रतिशतमा झरेको छ ।

Categorized in समाज