arin enterprises

आज सूर्तीजन्य पदार्थ विरुद्धको दिवस

SamacharDesk | २०८१ जेठ १८, शुक्रबार

आज विश्व सूर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइदैछ ।

‘सूर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाऔं’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाईंदैछ ।

हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको यो वर्षको नारा अनुसार सूर्तीजन्य उद्योगबाट बालबालिकालाहरुलाई हुने हस्तक्षेपबाट जोगाऔं भन्ने नाराका साथ मनाईएको हो ।

सूर्तीजन्य पदार्थमा कार्बन मोनोअक्साइड, निकोटिन, टार, बेञ्जोपाइरिन, एमोनिया जस्ता ४ हजारभन्दा बढी रासायनिक तत्व हुन्छन्। सूर्तीजन्य पदार्थमा मिसाइने निकोटिन नामक तत्व एकपटक सेवन गरेपछि फेरी तलतल लाग्ने भएर लत नै बसाउँछ ।

सूर्तीजन्य पदार्थको सेवनबाट विभिन्न स्वास्थ्य समस्या देखिने तथ्य सन् १९५० मा  पत्ता लागेको हो।  १९८८ मा  गरिएको अनुसन्धानको प्रतिवेदनले अमेरिका जस्ता विकसित मुलुकमा सूर्तीजन्य पदार्थको सेवनबाट जटिल स्वस्थ्य समस्या उत्पन्न गरेको प्रमाणित गरेको थियो ।

बिकसित मुलुकका करिब तीन चौथाइ नागरिकले कुनै न कुनै रुपमा यस्ता पदार्थ सेवन गर्ने, एक चौथाइ जतिमा लत नै बस्ने र एक चौथाइ  दुव्र्यसनमै पर्ने गरेको पाइएको छ। विश्वभर नै सूर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष नसर्ने रोग बढ्दो क्रममा रहेको तथ्यांक छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष सूर्तीजन्य पदार्थ सेवनको कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ ।

Categorized in राष्ट्रिय