‘पर्यटन र हरित लगानी’ नारासहित विश्व पर्यटन दिवस मनाईंदै
SamacharDesk | २०८० आश्विन १०, बुधबार

आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस ।
नेपालमा पनि विभिन्न कार्यक्रमगरी ४४औं विश्व पर्यटन दिवस मनाईंदैछ । ‘सबैका लागि पर्यटन स् पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।
नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । दिवसको अवसरमा नेपालमा विभिन्न कार्यक्रमसहित ललितपुरस्थित पाटन दरबार क्षेत्रमा सरकारीस्तरबाट विश्व पर्यटन दिवस मनाइएको छ भने मुलुकभर प्रभातफेरीसहित विभिन्न सांस्कृति कार्यक्रमहरुको आयोजना गरी मनाईंदैछ ।
नेपालमा सन् १९६० को दशक अगाडि पर्यटन उद्योग वा व्यवसायबाट हुने आम्दानीलाई त्यति महत्व दिइएको थिएन । त्यसपछि प्रायः सबैजसो देशहरूले यसलाई वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य माध्यमको रुपमा विकसित हुँदै आएको छ ।
यसले आन्तरिक विकास, देशको गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, राष्ट्रिय आय बढाउनुका साथै ठूला तथा घरेलु उद्योग र उत्पादनमा वृद्धि गराएको, बेरोजगारी समस्या कम गराएको जस्ता प्रत्यक्ष आर्थिक क्रियाकलापहरूमा प्रभाव परेकाले पर्यटन क्षेत्र आर्थिक महत्वको विषय बन्न गएको छ ।
विगतमा कोरोना भाइरस संक्रमणको महामारीबाट करिब तीन वर्ष शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र अहिले करिब पुरानै लयमा फर्किएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ भित्र नेपालको पर्यटन पुनरुत्थान हुने विश्वास छ ।
विश्व पर्यटन संगठनले पनि सन् २०२३ सम्म नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ । पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को आठ महिनामा छ लाख एक हजार तीन सय ६० पर्यटक नेपाल आएका छन् ।
अघिल्लो वर्ष एक लाख ४० हजार ३०० पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२१ मा ५५ हजार चार सय ४७ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा पर्यटक आगमन संख्या दुई लाख २० हजार ८५ मात्र थियो ।
सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार १९१ बाहृय पर्यटक नेपाल घुम्न आएका थिए । नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ ।
विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य संख्यामा नेपाल आउने क्रम जारी छ ।
Categorized in राष्ट्रिय