३६ वर्षपछि अर्जेन्टिनाले फेरि इतिहास रच्यो
SamacharDesk – Ram Dangol | २०७९ पौष ४, सोमबार

फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ ।
टाइब्रेकरसम्म पुगेको फ्रान्स र अर्जेन्टिनाबीचको खेलमा पेनाल्टी सुटआउटमा ४–२ को गाेल अन्तरले अर्जेन्टिना च्याम्पियन बनेकाे हाे ।
अर्जेन्टीनाले ३६ वर्षपछि विश्वकपकाे उपाधि चुम्न सफल भएको हो । यस अघि अर्जेन्टिनाले पछिल्लाे पटक सन् १९८६ मा विश्वकप जितेकाे थियाे ।
निकै रोमाञ्चक र सनसनीपूर्ण रुपमा भएको खेलमा निर्धारित ९० मिनेटसम्ममा २–२ गोलको बराबरी भएपछि अतिरिक्त समयमा पुगेको थियो ।
अतिरिक्त समयको खेलमा अर्जेन्टिनाले एक गोल थप्दै ३–२ को अग्रता दिलाएको थियो । तर अतिरिक्त समयको खेलमा फ्रान्सले पेनाल्टी पाएपछि उसले पनि एक गोल थप्दै ३–३ को बराबरी गर्यो ।
खेलको पहिलो हाफ सम्ममा अर्जेन्टिनाले २ गोल गरेकाे थिए ।
खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर पाएको थियो ।
जसमा मेस्सीले सहजै गोल गरे ।
यस्तै खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाएका हुन् । उनले म्याक एलिस्टरको पासमा गोल गरे ।
दोस्रो हाफको खेलमा भने फ्रान्सले अग्रता लियो । लुसिल स्टेडियममा भएको खेलमा फ्रान्सले अर्जेन्टिनाविरुद्ध दुई गोल फर्काए । खेलको ८० औं मिनेट केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-१ को स्थितिमा ल्याएका थिए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-२ गोलको बराबरीमा ल्याएका हुन् ।
Categorized in स्पाेर्ट्स