विश्वकप विजेता एन्ड्रियास ब्रेहमको निधन
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण ९, बुधबार

जर्मनीलाई विश्वकप विजेता बनाउने खेलाडि एन्ड्रियास ब्रेहमको निधन भएको छ । सन् १९९० को विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गर्ने ६३ वर्षीय ब्रेहमको मंगलबार निधन भएको जर्मनीको संचार माध्यमले जनाएको हो ।
रोममा भएको विश्वकप फाइनलमा डिएगो माराडोना प्रेरित अर्जेन्टिनालाई विरुद्ध उनले खेलको ८५ औं मिनेटमा पोनाल्टी मार्फत गोल गरेका थिए ।
त्यसपछि तत्कालिन जर्मन फुटबलमा उनी लिजेण्ड बनेका थिए ।
आक्रमक डिफेन्डरको छवि बनाएका उनलाई डेड बल विशेषज्ञ समेत भनिन्थ्यो ।
ब्रेहमले बायर्न म्युनिख र इन्टर मिलानबाट ब्यवसायी फुटबल खेलेका थिए । उनले इन्टरबाट यूईएफए कप, सिरि ए र इटालियन सुपर कपको उपाधि जितेका थिए ।
उनको निधनमा इन्टरले च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडविरुद्धको खेलमा कालो आर्मब्यान्ड लगाउने भएको छ ।
ब्रेहमले जर्मनीबाट ८६ क्याप खेल्दै ८ गोल गरेका छन् ।
Categorized in स्पाेर्ट्स