arin enterprises

डब्लुटीएम–२०२५ः जिम्मेवार र दिगो पर्यटनप्रतिको नेपालको प्रतिबद्धता

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ कार्तिक २१, शुक्रबार

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जिम्मेवार र दीगो पर्यटन विकासका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

लन्डनको एक्सल लन्डनमा भएको वल्र्ड टुरिजम् मार्केट (डब्लुटीएम)– २०२५ का क्रममा ‘सस्टेनेबल सिफ्टः ट्रान्सफर्मिङ टुरिजम् थ्रु अ सर्कुलर इकोनमी’ (दीगो परिवर्तनः सर्कुलर इकोनमीमार्फत पर्यटन रूपान्तरण) विषयक छलफलमा सीईओ जोशीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

छलफल सत्रमा नेपालले गरीरहेको पर्वतीय तथा ग्रामीण पर्यटनमा सामुदायिक सहभागिता, वातावरणीय उत्तरदायित्व, र आर्थिक समावेशितामार्फत दिगो पर्यटनको अभ्यासको बारे जानकारी गराए ।

‘नेपालले अब सतही ‘हरित’ पहलभन्दा अघि बढ्दै प्रणालीगत परिवर्तनतर्फ ध्यान केन्द्रित गरेको छौं, जहाँ वातावरणीय संरक्षण, स्थानीय सशक्तिकरण र व्यावसायिक दिगोपन बीच सन्तुलन कायम गर्न आवश्यक छ । यस प्रयासका लागि नेपाल प्रतिबद्ध छ’ जोशीले भने ।

सत्रमा पर्यटन क्षेत्र कसरी सर्कुलर अर्थतन्त्रको अवधारणालाई अंगाल्दै स्रोतहरूको पुनःप्रयोग, फोहोर न्यूनिकरण, न्यून–कार्बन यातायात प्रवद्र्धन, र स्थानीय समुदायको समान सहभागिता सुनिश्चित गर्न सक्छ भन्ने विषयमा छलफल भएको थियो ।

ट्रोभ टुरिजम् डेभ्लप्मेन्टबाट सञ्चालित कार्यक्रममा विश्वका विभिन्न देशका पर्यटन विशेषज्ञहरूले सहभागिता जनाएका थिए ।

छलफलमा पर्यटन क्षेत्रले अब सतही ‘हरित’ कार्यक्रमहरूमा सीमित नभई वास्तविक र मापनयोग्य परिवर्तन ल्याउने आवश्यकता औंल्याइएको छ ।

Categorized in राष्ट्रिय