arin enterprises

राष्ट्रपति सी तेस्रो कार्यकालका लागि चयन

SamacharDesk | २०७९ कार्तिक ६, आइतबार

राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालको नेतृत्वको लागि फेरि चुनिनु भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको सम्पन्न २०औं महाधिवेशनले राष्ट्रपति सीलाई फेरि अर्काे कार्यकालका लागि चुनिएको हो । चिनियाँ कम्युनिष्ट पार्टीक (सीपीसी) को २० औं महाधिवेशन बेइजिङमा सम्पन्न भएको छ ।

महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दा शक्तिशाली पोलिटब्युरो स्ट्यान्डिङ कमिटीका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई बिदा दिइएको छ ।

अवकाश लिएका लि खछ्याङ प्रधानमन्त्री समेत हुन् भने वाङ याङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुनुहुन्छ ।

त्यस्तै ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष, हान झेन उपप्रधानमन्त्री हुनुहुन्छ । गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ ।

सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो ।

यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राख्नुभएको छ । ६९ वर्षीय राष्ट्रपति सीले भने आफूलाई तेङ स्याओपिङयताको सबैभन्दा शक्तिशाली नेताका रुपमा स्थापित गर्नुभएको छ ।

दुई कार्यकाल मात्र राष्ट्रपति बन्ने परम्परा तोड्दै सी तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

Categorized in अन्तर्राष्ट्रिय