arin enterprises

कपालको सम्पूर्ण समस्या समाधान गर्ने तेल बजारमा

SamacharDesk – बिराज | २०७९ श्रावण ८, आइतबार

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

आज काठमाडौंमा भूमि एमडिआर इन्डस्ट्रिजले आयोजना गरेको यचु हेयर आयल प्रडक्ट लन्च कार्यक्रममा बोल्दै काठमाडौं महानगर उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो ।

डंगोलले आधुनिकताको नाममा आदिवासी अभ्यासलाई बिर्सिँदा अरुको भर पुर्न परेको विचार राख्नुभयो ।

‘हामी अरुले पु्रफ गरेर एप्रुभ गरिदियोस् भनेर कुरेर बस्छौं र परनिर्भरता बढेको छ । हामीसँग पहिल्यै प्रमाणित भइसकेको आदिवासी अभ्यासहरु छन्, त्यसलाई ब्रान्डिङ गरौं न’ डंगोलले भन्नुभयो ।

कार्यक्रममा उपप्रमुख डंगोलले भूमि एमडिआर इन्डस्ट्रिजले उत्पादन गरेको यचु हेयर आयलको औपचारिक घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा कपालमा लगाउने तीन थरी तेलको घोषणा गरिएको थियो । नयाँ कपाल उमार्ने, कपाल झर्न रोक्ने र चायाँको समस्या समाधान गर्ने तेलको घोषणा गरिएको थियो ।

कपाललाई प्राकृतिक रुपमा कालो बनाउने तेल पनि योजनमा रहेको भएपनि यसको केही परिक्षण बाँकि भएको र यसलाई पनि चाँडै नै बजारमा ल्याउने भूमिका प्रवन्ध निर्देशक उज्वल मानन्धरले बताउनुभयो ।

३३ थरीका विभिन्न प्राकृतिक जडिबुटिलगायतका वस्तुहरुको समिश्रणबाट यी तेल बनाएको कम्पनीले जानकारी दिएको छ ।

तीन वर्षको अनुसन्धान र परिक्षणपछि यचु हेयर आयल बनाउन सफल भएको प्रवन्ध निर्देशक मानन्धरले बताउनुभयो ।

कपाल झर्ने, कपाल नउम्रिने र चायाँ लगायतका समस्यामा यस तेलको सफल परिक्षण भइसकेको र परिणाम पनि राम्रै पाएको दावी मानन्धरको हो ।

‘यहि तेलबाट हामीले करीब एक महिना निःशुल्क शिविर चलायौं । कपाल नभएकाहरुको पनि कपाल बढेको, चायाँको समस्या समाधान भएको पाइएको छ । कसैले पनि यसको बारे नराम्रो प्रतिक्रिया दिनुभएको छैन’ मानन्धरले भने ।

कपालको समस्यालाई लिएर आफैंले अनुमानको भरमा तेल प्रयोग नगर्न र विज्ञको सल्लाह अनुसार यचु तेल प्रयोग गर्न मानन्धरले अनुरोध गरे । सहि ढङ्गले तेलको प्रयोग गरेमा कपाल सम्वन्धि समस्या ग्यारेन्टीका साथ समाधान हुने मानन्धरले दावी गरे ।

सोही कार्यक्रममा यचु हेयर आयललाई लिएर भएको टिकटक प्रतियोगीतका विजयी प्रतियोगी ३ जनालाई जनही १०/१० हजार र एक मेगा विजेतालाई एक लाख नगद पुरस्कार पनि प्रदान गरिएको थियो

Categorized in बिजनेस