arin enterprises

उपेन्द्र यादव निर्विरोध निर्वाचित

SamacharDesk | २०८१ जेठ ३०, बुधबार

जनता समाजवादी पार्टी जसपा नेपालको अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्।

पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आउनुभएको यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन हुनुभएको हो ।

निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो। जसमा अध्यक्ष पदको लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्। अन्य पदका उम्मेदवारहरुको नामावली भने सार्वजनिक भइसकेको छैन ।

मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।

Categorized in राजनीति