“येँ दे म्हसिके” पुनर्ताजगी तालिम सम्पन्न
SamacharDesk | २०८० आषाढ २६, मंगलबार

काठमाडौं महानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा लागू गरिएको स्थानीय विषयको पठनपाठनमा संलग्न प्रशिक्षण सहायकहरूका लागि आयोजित पाँच दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिकाले विगत तीन वर्षदेखि आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक पठनपाठन गराउँदै आएको छ । सोही पठनपाठनलाई थप प्रभावकारी बनाउनु तालिमको आयोजना गरिएको हो ।
१७२ जना प्रशिक्षण सहायकहरू सहभागी तालिमको समापन समारोहमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
तालिममा सहभागी प्रशिक्षण सहायक शिक्षकहरू समापनका दिन अत्यन्त उत्साहित र जागरुक देखिन्छ । तालिममा सहभागी अधिकांशले यो तालिमबाट आफूले अझ थप ज्ञान प्राप्त गरेको र यसले आफ्ना विद्यार्थीहरूलाई अझ धेरै लाभ पुग्ने बिचार व्यक्त गरे ।
सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर डंगोल बालबालिकाले काठमाडौंको जात्रा, संस्कृति, खानपान, पार्टी–पौवाबारे जानकारी लिन सकुन् भने विगत तीन वर्षदेखि स्थानीय भाषा र पाठ्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
उहाँले काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने उद्देश्यले यो विषयको पठन–पाठन सुरु गर्दै आएको पनि बताउनुभयो ।
उहाँले अहिले महानगरपालिका क्षेत्र भित्रका सामूदायिक विद्यालयमा १ सय ७२ जना नेपाल भाषा सहायक प्रशिक्षक रहेको भन्दै उहाँहरुका लागि पुर्नजातकीका लागि महानगरपालिकाले पाँच दिने प्रशिक्षणको आयोजना गरेको जानकारी दिनुभयो । त्यसले शिक्षण सिकाइमा थप सहयोग पुग्ने अपेक्षा लिएको उहाँको भनाई छ ।
उहाँले, “पुर्नताजगी कार्यक्रम सामुदायिक विद्यालयमा मात्र सीमित नराखी संंस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरुलाई पनि तालिम दिइरहेका छौं, यसको मुख्य उद्देश्य भनेको काठमाडौंका विद्यार्थीहरुले आफू बसेको ठाउँलाई चिन्नुपर्छ, जति आफू बसेको ठाउँको बारे थाहा पाउँछ त्यति नै बढी अपनत्व हुन्छ र यो सबैको महानगर हो भन्ने यो पाठ्क्रयमले पनि त्यही सन्देश गइरहेको छ, उपमेयर डंगोलले बताउनुभयो ।
उपमेयर डंगोलले महानगरपालिकाले यो वर्षबाट ‘बुक फ्रि फ्राइडे’ अभियान सञ्चालनमा ल्याएको भन्दै स्थानीय भाषा र पाठ्यक्रमको पठनपाठनमा त्यो थप सहयोगी हुने बताउनुभयो ।
“यो वर्षदेखि हरेक शुक्रबारको दिनलाई बुक फ्रि फ्राइडेको रुपमा अगाडि सारेका छौं, बालबालिकाहरुले आइतबारदेखि विहीबारसम्म पाठ्क्रममै आधारित रहेर पढ्नु हुन्छ भने शुक्रबारको दिन पाठ्यक्रसँग जोडिएका ज्ञानमुलक शीपहरु सिक्नेछन्, यसलाई पनि नेपालभाषाको पुस्तकले मुख्य भूमिका खेलिरहेको छ ।” उहाँले बताउनुभयो ।
Categorized in स्थानीय