अनलाईन माध्यमबाट योगा प्रशिक्षण हुने
SamacharDesk – राजाराम तण्डुकार | २०७७ भाद्र १३, शनिबार

हाल निषेधाज्ञा जारी रहेको समयमा सबै घरघरमै बस्नुपरेको समयलाइ सदुपयोग गर्दै अनलाइन योगा प्रशिक्षण शुरु हुने भएको छ ।
नेवाः राष्ट्रिय समिति अन्तर्गतको जनसरोकार समन्वय समितिको आयोजनामा आउँदो आइतवारबाट अनलाईन योगा प्रशिक्षण शुरु गर्न लागिएको हो ।
‘गरौं योग, रहौं निरोग“ भन्ने नाराका साथ हुन लागेको प्रशिक्षणमा समितीका सदस्य सन्दीप महर्जन प्रशिक्षकको रुपमा रहनेछन् ।
सबैले घरमै बसेर रोग प्रतिरोधी क्षमताको विकास गर्न सकिने सशक्त माध्यम योगा भएकोले अनलाइन योगा प्रशिक्षण गर्न लागिएको समितिका संयोजक श्यामकृष्ण प्रजापतिले बताउनुभयो ।
‘कोरोनालाई परास्त गर्ने ओखती भनेकै रोग प्रतिरोधी क्षमता हो, हामी बलियो भए कोरोनालाई हराउन सकिन्छ’, संयोजक प्रजापतिले भन्नुभयो । ‘रोग प्रतिरोधी क्षमता विकास गर्न योगाले टेवा पुग्ने भएकोले हामीले यो प्रशिक्षण शुरु गर्न लागेका हौं ।’
प्रशिक्षण आइतवार विहान ७ बजेबाट शुरु हुने बताइएको छ ।
समितिले यो भन्दा अघि अनलाईनमार्फत समाचार लेखन तालीमको आयोजना गरेको थियो ।
Categorized in समाज