इन्द्रध्वज (यःसि) हनुमानढोका पुर्याइयो
SamacharDesk | २०७९ भाद्र १९, आइतबार

काठमाडौं प्रसिद्ध ईन्द्रजात्राका लागि भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जंगलमा काटिएको लिङ्गो आज बसन्तुपर दरबार परिसरमा पुर्याइएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ईन्द्रजात्रा सम्बन्धि विविध सांस्कृतिक गतिविधि गर्न दिएको शुभसाइत अनुरुप केन्द्रीय मानन्धर संघ उक्त लिङ्गो हनुमानढोका परिसरमा पु¥याइएको हो ।
आज बिहान ७ बजेर २४ मिनेटको साइतमा तानेर असन, ईन्द्रचोक हुँदै हनुमानढोका दरबार अगािड पु¥याएको हो । यसअघि भाद्र १३ गते सोमबार राती लिङ्गोका लागि रुख काट्न गएको थियो । उक्त अवसरमा ८ः०९ मिनेटको साइटमा पारम्परिक विधिअनुसार पूजाआज गरी वृक्षकर्तन गरेको थियो ।
बसन्तपुर दरबारको शार्दूल गणबाट बाजागाजसहित हर्षबढाईं गर्दै काठमाडौं पु¥याइएको थियो । इन्द्रजात्रा मुख्य रुपमा काठमाडौंमा हर्षाेल्लासपूर्वक मनाउन गरिन्छ ।
यससँगै पाटन, भक्तपुर, दोलखा, भारतको सिक्किम, अमेरिका, बेलायतका नेवारहरुले समेत केही समयअघिदेखि यो जात्रा मनाउँदै आएको छ ।
सहकालका देवताका रुपमा भगवान इन्द्रलाई पूजाआराधना गरी यो पर्व मनाउने चलन रहिआएको छ ।
प्रत्यक वर्षको भाद्र शुक्लपक्ष द्वादशीका दिनदेखि इन्द्र ध्वजोत्थान गरी सुरु हुने जात्रा चौथी अर्थात इन्द्रध्वज पतनसम्म गरी आठ दिनसम्म मनाउने चलन छ ।
यस अवधिमा विभिन्न देवीदेवताका नाच, लाखे, पुलुकिसी, बहुमत, दागीं आदि पनि जात्रा हुने गर्दछ । यो वर्ष भदौ २२ गते ईन्द्रध्वज ठड्याउने र २४ गते कुमारी जात्रा गर्ने कार्यक्रम छ ।
Categorized in संस्कृति