यःसिं (इन्द्रध्वजा) ठड्याइयो
SamacharDesk – Ram Dangol | २०८० आश्विन ९, मंगलबार
येँयाः (इन्द्रजात्रा)को सुरुवात स्वरुप यःसिं (इन्द्रध्वजा) लाई आज विहान १० बजेर ३७ मिनेटको शुभसाइतमा ठड्याइएको छ ।
भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको यस्सिं शनिबार बिहानको शुभसाइतमा तत्कालीन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीबाट नगर प्रवेश गराइएको थियो ।
यःसिंलाई भोटाहिटीबाट असन, इन्द्रचोक हुँदै हनुमानढोका पूर्यारइएको हो । यःसिं ठड्यासँगै औपचारिक रुपमा आजदेखि जात्रा सुरु भएको छ ।
जात्राको सुरुको दिनमा असोज ११ गते विहीबार ‘क्वस्नेया’ (तल्लो टोल) मा जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा हुनेछ ।
रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै ‘दागीं’ र त्यसपछि ‘बहुमतस्’ ल्याउने परम्परा रहेको छ ।
यसैगरी कुमारी, भैरव र गणेशलाई थस्नेया ९माथिल्लो टोलमा रथ यात्रा० गराइन्छ । त्यपछि नानिचास् यात्रा पछि हनुमानढोका ठड्याइएको यस्सिं ढालेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ ।
जात्राका अवसरमा कुमारी, गणेद्यः भैरवको रथ जात्रा सँगसँगै मजिपातको लाखे नाच, किलागलको पुलुंकिसी नाच हलचोकको आकाशभैरव नाच किलागलकै देवीनाच भक्तपुरको माहाकाली नाच पनि नचाइने गरिन्छ ।
Categorized in संस्कृति