मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ पौष २२, बिहिबार

रुपन्देहीमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
रुपन्देही तिलोत्तमा नगरपालिका–१५ कोटिहवा चोकमा भएको दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१७ बस्ने २२ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको हो ।
ना.४ ख ८९४० नम्बरको ट्रकले चौधरीले चलाउँदै गरेको लु.७० प २४४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी बर्दघाट नगरपालिका–११ बस्ने २५ वर्षीय मन बहादुर चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in समाज