युवा संघबाट रक्तदान कार्यक्रम सम्पन्न
SamacharDesk – बिराज | २०८० भाद्र १०, आइतबार

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका २४ वटा कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रगतकै अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भनी कमिटीले काठमाडौंको मखन टोलमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा जम्मा ५१ पिन्ट रगत संकलन भएको कमिटीका अध्यक्ष बिकेश तुलाधरले जानकारी दिए । रक्तदाता र अतिथिहरुलाई कमिटी अध्यक्ष तुलाधर र सचिव अजय महर्जनले प्रमाण पत्रको साथमा मायाको चिनो प्रदान गरे ।
कार्यक्रममा नेकपा एमाले काठमाडौं जिल्लाका सचिव साथै पूर्व बागमति प्रदेश सभासद् राजेश शाक्यसमेतले रक्तदान गरेका थिए ।
त्यस्तै ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) का केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापति, राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं महानगर कमिटीका अध्यक्ष दिपेश सुधाकरको पनि उपस्थिती रहेको थियो ।
