जिम्बावे टि–२० विश्वकपको सुपर १२ मा
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ कार्तिक ४, शुक्रबार

जिम्बावे आइसिसि टि–२० विश्वकपको सुपर १२मा पुगेको छ । अष्ट्रेलियामा जारी आज दिउसो भएको खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै जिम्बाबे सुपर १२मा पुगेको हो ।
स्कटल्यान्डले दिएको १ सय ३३ रनको लक्ष्यलाई पछ्याएको जिम्बाबेले १८.३ ओभरमा मात्र ५ विकेट गुमाएर पार ग¥यो ।
जिम्बावेलाई जित दिलाउने क्रममा कप्तान क्रेग एर्विनले ६ चौका प्रहार गरेर अर्धशतकिय पारी खेले । उनले ५४ बलमा ५८ रन बनाए । सिकन्दर राजाले ३ चौका र २ छक्का प्रहार गर्दै ४० रन जोडे । यस्तै मिल्टन शुम्बाले ११ रनको योगदान दिए ।
स्कटल्यान्डका लागि जोश डेवीले २ विकेट लिए भने ब्राड व्हील, मार्क वात र माइकल लास्कले समान १/१ विकेट हात पारे ।
यसअघि टस जितेर पहिलो ब्याटिंग गरेको स्कटल्यान्डका लागि जार्ज मुन्सेले सवार्धिक ५४ रन बनाउँदै अर्धशतकिय पारी खेले ।
क्यालुम म्याकलोइडले २५ कप्तान रिची बेरिंग्टनले १३ र माइकल लास्कले १२ रन जोड्डा बाकि ब्याटस्म्यानले दोहोरो अंकमा रन बनाउन सकेन ।
बलिंगमा जिम्बाबेका तेन्डई चतारा र रिचर्ड नगारवाले समान २/२ विकेट लिदाँ ब्लेसिंग मुझारबानी र सिकन्दर राजाले समान १/१ विकेट लिए ।
यो खेलपछि जिम्बावे समुह बी विजेता बन्दै आइसिसि टि–२० विश्वकपको सुपर १२मा पुगेको छ ।
जिम्बावे सुपर १२ मा पुगेसँगै सुपर १२ पुग्ने टिमको टुंगो लागेको छ । सुपर १२ को खेल शनिबारदेखि सुरू हुनेछ। पहिलो खेल आयोजक अष्ट्रेलिया विरुद्ध न्यूजिल्याण्डको हुनेछ ।
सुपर १२ :–
१ टिम
अफ्गानस्तान
अष्ट्रेलिया
इंग्ल्यान्ड
आयरल्यान्ड
न्युजिल्यान्ड
श्रीलंका
२ टिम
बंगलादेश
इन्दिया
नेदरल्यान्ड
पाकिस्तान
दक्षिण अफ्रिका
जिम्बावे
Categorized in स्पाेर्ट्स