arin enterprises

अन्ततः ट्रम्प र पुटिन वार्तामा

SamacharDesk – इन्टरनेशनल ब्युरो | २०७५ आषाढ ३२, सोमबार

अमेरीकी राष्ट्रपति डोनाल्ड टम्प र रूसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच फिÞनलैन्डको राजधानी हेलसिंकीमा वार्ता हुँदैछ । 

दुइ राष्ट्रपति बीचको वार्ता आ–आफ्नो देशको परमाणु क्षमता नियन्त्रण, रुसमाथि आर्थिक प्रतिबन्ध, अमेरीकाबाट यूक्रेनलाई सैन्य सहयोग, सीरिया लगायतका विषयमा केन्द्रीत हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार भने ट्रम्प र पुटिनबीच वार्ता हुन लागेको विषयको बारेमा यूरोपीय सहयोगी देशहरुलाई जानकारी दिइएको छैन ।

लामो समयदेखि कटु सम्वन्ध रहि आएको रूस र अमेरिकाबीच बल्ल वार्ता भएको हो । 

अमेरिका र रूस बीचमा शीत युद्ध (१९४५–१९८९) बाट तनाव उत्पन्न हुन थालेको थियो । तत्कालीन समयमा अमेरिका र तत्कालीन सोवियत संघ आमने सामने थिए । 

सोवियत संघको विघटन पछि पनि दुइ देशबीचको तनाव कम भएन । सन् २०१४मा क्राइमिया यूक्रेनबात टुक्रिएपछि द्विपक्षीय सम्बन्ध खस्किएको थियो । यसपछि अमेरिका लगायत अन्य देशहरुले पनि रूसलाई आर्थिक प्रतिबन्ध लगाएको थियो ।

२०१६मा सम्पन्न अमरीकी राष्ट्रपति चुनावमा रूसी हस्तक्षेपको आरोपमा दुई देशबीचको दुरी झन बढाएको थियो । अमरीकी जाँच एजेन्सीले रूसले चुनावमा ट्रम्पलाई जिताउन सहयोग गरेको बताउँदै आएको छ ।

२०१७ जनवरीमा राष्ट्रपतिको जिम्मेवारी लिएपछि ट्रम्पले आफ्नो रिपब्लिकन पार्टीको नियम विपरित गई रूससँग सम्बन्ध सुधार्ने प्रयासहरु गरेका छन् । गत महिनामा महाशक्ति देशहरुको समूह जी–८ मा पनि ट्रम्पले रूसलाई सहभागी गराउन प्रयास गरेका थिए । 

क्राइमिया कब्जा गरेपछि रूसलाई जी–८ बाट निकालिएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय