अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक
SamacharDesk – समाचारडेस्क – इन्टरटेनमेन्ट ब्युरो | २०७५ आषाढ २७, बुधबार

अमेरिकामा निर्माण भएको नयाँ नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक भएको छ । ड्रिम्स गेट नेपालको युट्युब च्यानल मार्फत चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर रिलिज गरिएको हो ।
ट्रेलरले चलचित्रको कथावस्तुको मिहिन भन्दा मिहिन कुरालाई जनसमक्ष ल्याउने कोशिश गरेको निर्माण पक्षले जनाएको छ । अमेरिकामा रहेका नेपालीहरुको बस्तुस्थिति समेटिएको चलचित्रमा त्यहिँ बसिरहेका नेपाली कलाकारहरुलाई समेटिएर निर्माण गरिएको छ ।
चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृती पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको निर्देशनको साथमा दृश्य सम्पादन ईश्वर थापाले गर्नुभएको चलचित्र ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीले निर्माण गरेका छन् ।
चलचित्रको प्रदर्शन अमेरिकावाटै हुने तयारी भैरहेको जानकारी पनि निर्देशक थापाले दिएका छन् । अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा चलचित्र रिलिज हुने निश्चित भैसकेको जानकारी पनि निर्देशक थापाले दिएका छन् ।
अमेरीकन बाबु मेड इन नेपालको ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्
Categorized in पेजथ्री
