आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ९, सोमबार

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस । यस अवसरमा नेपाल लगायत विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
सन् १९५२ सालमा बङ्गलादेशमा बोल्ने मातृभाषा अर्थात बङ्गाली भाषाबाट बोल्न, लेख्न र सरकारी मान्यता पाउनुपर्ने माग गर्दै विद्यार्थीहरुले आन्दोलन गरेका थिए । सो आन्दोलनमा मृत्यु भएका विद्यार्थीहरुको स्मरणमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउँदै आएको छ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा घोषणा गरेपछि सन् २००० देखि फेबु्रअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।
यसै अवसरमा नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइरहेको छ । नेपालभाषा क्षेत्रमा योगदान पु¥याउनेहरुको सम्झनामा पनि यो दिवस मनाइरहेको छ । विशेषगरी नेपालभाषा क्षेत्रमा चार खम्बा भनेर चिनिने व्यक्तित्वहरुको सम्झनामा पनि यो दिवस मनाउँदै आएको छ ।
नेपालमा २०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ वटा भाषा बोलिन्छ । यो सङ्ख्या सम्पूर्ण युरोपमा बोलिने भाषाको सङ्ख्याभन्दा पनि बढी हो । नेपालमा मातृभाषा दिवस मनाइरहँदा भाषा संरक्षणमा भने चुनौती थपिँदै गएको छ । मातृभाषाको संरक्षणका लागि गरिएका प्रयासहरु पर्याप्त हुन नसकेको विज्ञहरु बताउँछन् । अध्ययन अध्यापनमा मातृभाषालाई माध्यमका रुपमा प्रयोग नगरिँदा मातृभाषाको संरक्षण कार्य कठिन बन्दै गएको हो ।
सांस्कृतिक एकताको मुख्य पाटो मानिने भाषाको उचित संरक्षण र संवद्धन हुन नसक्दा नेपालमा बोलिने झण्डै ४० प्रतिशत भाषा सङ्कटमा परेको भाषा आयोगले बताएको छ । आदिम समुदायका मातृभाष विद्यालयको प्रयोगमा नहुँदा र सार्वजनिक जीवनमा समेत प्रयोग नहुँदा यी भाषा सङ्कटमा परेको आयोगको भनाई छ । एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ वटा भाषाको संरक्षणमा भाषा आयोगले काम गरिरहेका जनाएको छ ।
सांस्कृति एकताको जराका रुपमा स्वीकार्दै आएको भाषाको संरक्षण र सम्बद्र्धनका लागि काठमाडौं महानगरपालिकाले विगत वर्षदेखि नेपाल भाषालाई पाठ्यक्रममै समावेश गरी विद्यालयहरुमा पठनपाठन गर्दै आएको छ । त्यसैगरी कीर्तिपुर नगरपालिका, ललितपुर महानगरपालिका लगायतका नगरपालिकाहरुले पनि नेपालभाषालाई उच्च प्राथमिकतामा राख्दै पाठ्य्क्रममै समावेश गराई नेपाल भाषाका विकास र संरक्षण सम्बद्र्धनका लागि गत वर्षदेखि कार्य गर्दै आएको छ ।
Categorized in राष्ट्रिय